उ सधै कामवाट घर आईपुगे पछि भान्सा कोठा नछिरी लुगा फेर्न कोठामा कहिल्यै जादैनथ्यो । आफ्नी श्रीमति संग इत्रिनु उसको दिनचर्याको एउटा पाटो नै हो । तर आज उ भान्सा कोठा तिर नगएर सिधै तीर हानिए झै लुगा फेर्न कोठामा हानियो । उसकी श्रीमति तिनछक्क परीन् किनकी भान्सा कोठा नपसी त्यसरी निष्ठरी वनेर हिडेको कुनै रेकर्ड थिएन अहिले सम्म । साह्रै अचम्ममा परीन् उसकी श्रीमति । विवाह पाश्चात उसले यस्तो कहिल्यै गरेको थिएन तर गरयो । उसको त्यो व्यवहारले उसकी श्रीमतिको मनै चिसीयो । शंका उपशंकामा जल्दै भित्र के के सोच्न विवश वनिन् ” हैन वुढाले कतै अरु संग सम्वन्ध विस्तार गर्न लाग्या त होइन । कि म संग रिसाएर हो । त्यता सोचौ भने ठाकठक त के भनाभैरी सम्म परेको छैन । वडो फसादी पर्यो के गर्ने होला ?” यस्तै नानाभाती कुराले धेरै वेर छटपर्टाई रहिन भान्सा कोठामा । सधै उज्यालो लाग्ने त्यो कोठा पनि कता कता अध्यारो भए झै लाग्यो । उ कोठामा पाइला टेक्न साथ ठुलो रुख ढले झै ओछ्.यान्मा गर्ल्याम्म ढल्यो र केहि नसोची आखा चिम्ल्यो अनि विर्सन खोज्यो दिनभरीका सारा घट्नाहरु । कति रमाइलो मान्थी उसकी श्रीमतिले ठट्टा गर्दै तरकारी चाख्ने उसको वानी तर आज उ अनपस्थित भएकोले औसी नै पोखिएको छ आनो सामन्ने । यीनै कारणले उसकी श्रीमतिको मुटुमा ठुलो भुकम्प पैदा भएको छ भने मनमा सनामीको तरङ्ग उर्लिरहेछ । यस्ता अनेकौ सोचाइको घम्तिमा घम्दाघम्दै कतिवेर खाना पकाई सकिन् स्वयमलाई थाहा भएन । लुगा फेरेर श्रीमान आउला ठानेर निक्कै वेर प्रतिक्षा गरीन् तर उ आउदै आएन । त्यस पछि उनले एकाएक पाइला वढाइन कोठा तिर । ढोकामा पुगेर हेर्दा उ मरेको स्याल झै आछ्यानमा पल्टिरहेको थियो निशव्द । आफ्नी श्रीमति ढोकामा आइपगेकी उसले चाल पायो तर उ चटपटाएन । त्यो दिन उसकी श्रीमतिले दिनैभरी वुनेको योजना र सपनाको इतिवृतान्त सनाउने ठुलो धोको लिएकी थिइन् तर परिस्थिति सोचे भन्दा विपरीत भएकोले सनाउने कि नसनाउने भनेर दोधारमा परीन् । अन्तत सनाउने पक्षले श्रीमानको नजिकै गएर उसको अवस्था वुझन खोजीन् “हैन तपाइलाई आज सन्चो छैन जस्तो छ नी ?” प्रतिउत्तरमा उ वोलेन भित्र मनले वोले पनि मुखले आवाज फालेन । मात्र सुन्यो वोल्ने काम गर्दै गरेन । तै पनि भन्नै पर्ला भनेर सुरु गरीन सुनाउन “हंगकंगमा पाइला टेकेको पनि एक दशक विती सक्यो । सवैले काठमाण्डौमा आआनो घर वनाइ सके । यसपाली हामीले पनि घर वनाउन सुरु गर्नु पर्छ । कानै दख्ने गरी कति सुन्न साथीहरुको कथा अव त हामीले पनि सुनाउन पर्यो नी -” उसले सुनी रहयो श्रीमतिको पुराण तर हलचल गर्ने कष्ट गरेन । उसकी श्रीमतिले पुन योजनाको श्रृङखला जोडिन् ” पहिले कमाएको पैशा नेपालमा छदैछ । अपुग भए आफ्ना मान्छेहरु संग रीन काढे हन्छ । त्यतावाट पनि भएन भने वैङ्कले पत्याइ हाल्छ नी – किनभने भर्खरै लाग्नु भएको जागीर पनि चार वर्षो कन्ट्रयाकको हो । ” उसलाइ लाग्यो सुन्ने कानका दुलाहरुमा एयर प्लग खादु झै तर त्यो सम्भव थिएन किनभने उ श्रीमतिको फन्दामा परी सकेको थियो विरालोले मुसा आफ्ना फन्दामा पारे झै । भन्न वाकी रहेको भाग उराल्न थालिन उसै गरी ” हंगकंगको कमाइले काठमाण्डौमा घर वनि हाल्छ । अ साच्ची साथीहरु य.के.सिटीजन निकालेर उतै जाउ पनि भन्दैछन् । मैले चाही पहिले घर वनाउछु र मात्रै जाने भनेर टार्दै छु । अव त्यहा गए पछि कसो नवन्ला अर्को घर ” आज उ लाशवाट जाग्न सकेको छैन त्यसैले श्रीमतिको कुरा सुन्नु उसको नियति वन्यो । हंगकंग आएर पैशा कमाउनु त परै जाओस् व्यवहार टालटुल गर्दै ठिक्क भै राखेको वेला श्रीमतिको योजनाले कता कता ऐठन लागे झै भयो । अनि त्यहि कुराको वोझले उठ्न नसकिएला कि भन्ने सोच्यो । हिजो सम्म उनको वोली समधुर लाग्थ्यो तर आज कर्कस लागिरहेछ । त्यसैले छेउमा आएर ती कराहरु नफुकाए हुने भनेर सम्झयो । ठुलो आधीमा फसेर त्यसको सामना गरीरहे झै महसुस गर्यो । उ खाटमा तन्किरहयो अन्य उपाय पनि वाकी केहि थिएन । श्रीमति एकैछिन् वाहिर गइदिए शान्तिको श्वास फेर्ने विचार गर्दै थियो । तर श्रीमतिले वेलिविस्तार लगाएको करामा श्रीमानले कुनै प्रतिकृया नदिए पछि झकझकाइन् ” सुन्नु भो मेरो कुरा ?” एक्कासी गाडा नि द्रावाट व्यझिए झै गरेर आखा खोल्यो ” ह..सुनिन ..अ ..सुने..सुने ..तर – ” उसकी श्रीमतिले आश्चार्य भावमा वोलिन् ” तर के ?” निन्याउरो हुदै गोजीवाट एउटा चिठ्टी निकालेर श्रीमतिको हातमा थमायो । उक्त चिठ्टी खोलेर हेर्दा मात्र थाहा पाइन् कि त्यो श्रीमानको वर्खास्त पत्र सहेछ भनेर । तव आफ्नै योजना र सपनाको छाङ्गावाट खसे झै भइन् उनी ।